कमेडियन अपूर्व पुन पक्राउ

कमेडियन अपूर्व पुन पक्राउ

केन्द्रबिन्दु
0
Shares

बमेडियन अपूर्व क्षितिज सिंह फेरी पक्राउ परेका छन् । 

नेवारी संस्कृतिमाथि अपूर्वले गरेको स्ट्यान्डअप कमेडीविरुद्ध उजुरीका कारण अपूर्व दसैंअघि नै १२ दिन थुनामा परिसकेका थिए । बिरामीपछि हिरासतबाट छोडिएका उनि फेरी मंगलबार पक्राउ परेका हुन् । थुनामै रहँदा कोभिड संक्रमण भएपछि प्रहरीले हाजिरी जमानीमा उनलाई छाडेको थियो । 

दसैं सकिएपछि काठमाडौं फर्किएका अपूर्व मुद्दा टुंगो लगाउने सोँचमा बाबु जयशंकरको साथमा मंगलबार आफै प्रहरीकहाँ पुगेकोमा पुनः प्रहरीले उनलाई हिरासतमा लिएको हो । अपूर्वमाथिको कारबाहीलाई प्रहरीले सामान्य प्रक्रिया भनेको छ । महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी भरत बोहराले अपूर्व बिरामी परेपछि बाबुको जिम्मामा छाडेको र कारबाही नसकिएकोले उनलाई पुनः हिरासतमा लिएको बताए । 

प्रहरीले मुद्दा चलाउने रायसहित मंगलबार सरकारी वकिलको कार्यालयमा अपूर्वको फाइल बुझाएको छ । अब मुद्दाको प्रकृति हेरी केही फाइल सीडीओ कार्यालयकहाँ जानेछ भने केही जिल्ला अदालतमा पेस हुनेछन् । त्यतिन्जेल उनी भने हिरासतमै रहने प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo