झापामा भतिजलाई गोली हानेपछि आफुले गरे ‘आत्महत्या’

झापामा भतिजलाई गोली हानेपछि आफुले गरे ‘आत्महत्या’

केन्द्रबिन्दु
0
Shares

झापाको गौरादह नगरपालिका–८ मा भतिजलाई गोली हानेर एक पुरुषले  ‘आत्महत्या’ गरेका छन् ।

गौरादहका ३५ वर्षका जीवन शाहले कन्चटमा गोली हानेर आत्महत्या गरेको हुनसक्ने देखिएको झापा प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले बताए । त्यसअघि शाहले उनका भतिज १५ वर्षीय हेमराजलाई गोली हानेका थिए । उनको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

मृतक शाह सशस्त्र प्रहरी बलबाट अवकाश प्राप्त कर्मचारी हुन् । उनले ‘ह्याण्ड मेड’ पेस्तोलबाट गोली हानेको देखिएको छ । भतिजलाई गोली हानिएभन्दा ५० मिटर उत्तरमा रहेको गेउरिया खोला किनारमा बासको झ्याङ्गमुनि शाह गम्भिर अवस्थामा फेला परेका थिए ।

प्रहरीका अनुसार उनको साथमा भेटिएको पेस्तोलमा ३ राउण्ड गोली बरामद भएको छ । गोलीमा पनि ११ वटा गोली भेटिएको प्रहरीले जनाएको छ । उनीहरुबीच पारिवारिक विवाद हुनसक्ने आशंका गरिएको छ । यसबारे इलाका प्रहरी कार्यालय, दमकले विस्तृत अनुसन्धान थालेको जनाइएको छ ।

Logo