वाणिज्य विभागका सुब्बा १० हजार घुससहित पक्राउ

वाणिज्य विभागका सुब्बा १० हजार घुससहित पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहलका नायब सुब्बा शिव शंकर महतो १० हजार घुससहित पक्राउ परेका छन् ।

नायब सुब्बा महतोले फर्मको दर्ता प्रमाणपत्रसँग सम्बन्धित काम लिएर आएका सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।

१० हजार घुस रकम लिएको अवस्थामा कार्यकक्षबाट नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन् ।

Logo