पुरुष भलिबलः एपिएफ र आर्मी स्वर्ण पदकका लागि भिड्ने

पुरुष भलिबलः एपिएफ र आर्मी स्वर्ण पदकका लागि भिड्ने

केन्द्रबिन्दु
0
Shares

घरेलु टोली गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै नेपाल एपिएफ क्लव नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलको फाइनलमा प्रवेश गरेको छ । 

पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधवार भएको खेलमा एपिएफले गण्डकीमाथि ३–० को सोझो सेटमा जित निकाल्दै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो । एकपक्षीय खेलमा एपिएफले २५–२१, २७–२५ र २५–१५ को सोझो सेटमा जित निकाल्यो ।

यसअघि आर्मीले अर्को विभागीय टोली नेपाल पुलिसको चुनौति पार गर्दै फाइनलमा प्रवेश गरेको थियो । आर्मीले पुलिसलाई ३–१ को सेटमा हराएर फाइनलमा पुगेको थियो । 

पोखरा रंगशालाको भलिबल कोर्टमा बुधवार भएको पहिलो सेमिफाइनलमा आर्मीले पुलिसलाई २५–१८, २१–२५, २५–२३ र २५–१९ ले हराएको थियो । फाइनल खेल बिहीवार हुनेछ । यस्तै पुलिस र गण्डकीबीच बिहीवार नै तेस्रो स्थानको लागि प्रतिष्पर्धा हुनेछ ।
 

Skip This
Skip This
Logo