काठमाडौं ।
विगत लामो समयदेखि नेपाली टेलिसिरियलमा आफ्नो कलाकारिता प्रष्फुटित गर्दै आएका किशोर भण्डारी डिसहोमको कमेडी प्लस च्यानलमा नयाँ टेलिसिरियल लिएर आउँदैछन् । जसको नाम दिइएको छ ‘अड्डा’ ।
‘अड्डा’ सामाजिक कथा हो । हरेक नागरिक कुनै न कुनै रूपमा ‘अड्डा’ पुगेकै हुन्छ अनि ‘अड्डा’का कर्मचारीबाट कस्तो दुःख पाउँछन् भन्ने विषय वस्तुलाई यसमा रमाइलो ढंगबाट देखाउने प्रयास गरिनेछ ।

‘अड्डा’मा किशोर भण्डारी ‘डिट्ठा साब’, रेश्मा तिमल्सिना ‘बुनुमैचा’, कृष्णभक्त महर्जन, रामप्रसाद श्रेष्ठ, लीला केसी, पुष्प अवस्थी, समीर मिया, सुमा लामिछाने, कृष भण्डारी, शुभेच्छा पाण्डेय, सञ्जय लामा लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
यसमा कथा लेखन र निर्देशन किशोर भण्डारी, छायांकन प्रवेश पोखरेल, सम्पादन दुर्लभ श्रेष्ठ, संगीत वसन्त सापकोटाको रहेको छ । हरेक शृंखलामा नयाँ कथा र नयाँ कलाकारका साथमा एउटा नौलो प्रस्तुति रहने निर्देशक भण्डारीले बताएका छन् ।































प्रतिक्रिया