प्रतिनिधिसभामा उम्मेदवारी दिएका पाँच कान्छा उम्मेदवार

प्रतिनिधिसभामा उम्मेदवारी दिएका पाँच कान्छा उम्मेदवार

केन्द्रबिन्दु
0
Shares

आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा २५ देखि ९९ वर्षसम्मका उम्मेदवारहरु अहिले चुनावी प्रचारप्रसारमा जुटेका छन् ।

निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको प्रतिनिधीसभाको उम्मेद्वारको अन्मित नामावली अनुसार आसन्न निर्वाचनका लागि प्रतिनिधिसभामा २ हजार ४ सय १२जना उम्मेदवार छन् । प्रतिनिधिसभातर्फ २ हजार १ सय ८७ पुरुष र २ सय २५ जना महिलाले उम्मेदवारी दिएका छन् । जसमध्येबाटसबैभन्दा बढी ९९ वर्षका गोरखा २ मा प्रतिनिधिसभा सदस्यका लागिटीकादत्त पोखरेल उम्मेदवार बनेका छन । भने सबैभन्दा कम २५ वर्ष उमेरका उम्मेद्वार पनि प्रतिस्पर्धा छन् ।

हिमेश पन्त, २५ वर्ष, राष्ट्रिय स्वतन्त्र पार्टी
धादिङ १ मा कमेडिएन हिमेश पन्तले उम्मेद्वारी दिएका छन् । गत वर्ष मात्रै हिमेश कमेडि च्याम्पेनबाट नेपाली हास्यव्यङग्य क्षेत्रमा आएका थिए । २५ वर्षका हिमेशले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वारी दिएका छन् ।हिमेश, एमालेका भुमिप्रसाद त्रिपाठी र गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकाराजेन्द्रप्रसाद पाण्डेका प्रतिस्पर्धी हुन् । 

दिनेश चौलागाँई, स्वतन्त्र, २५ वर्ष 
काठमाडौं ४ बाट २५ वर्षका दिनेश चौलागाँईले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । दिनेश, सत्तारुढ दलका गगन थापा र एमालेका राजन भटराईका प्रतिस्प्रर्धी हुन । 

पूजा साह, स्वतन्त्र, २५ वर्ष
धनुषा ३ बाट २५ वर्षकी पूजा साहले स्वतन्त्र उम्मेद्वारी दिएकी छिन् । पूजा एमालेकी जुलीकुमारी महतोकी प्रतिस्पर्धी हुन । उनीसँगै उक्त निर्वाचन क्षेत्रबाट ३१ जनाले उम्मेदवारी दिएका छन् । 

तिर्थेश्वर चौधरी, स्वतन्त्र, २५ वर्ष 
झापा ५ बाट २५ वर्षका तिर्थेश्वर चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनको प्रतिस्पर्धामा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांगे्रसका खगेन्द्र अधिकारीसँगै अन्य २४ जना मैदानमा छन् । 

निरंजनप्रसाद कुशुवाह,२५ वर्ष, राष्ट्रिय स्वतन्त्र पार्टी
सप्तरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट २५ वर्षका निरंजनप्रसाद कुशुवाह उम्मेदवार छन्।प्रतिनिधिसभा सदस्यका लागि उनले कागे्रसका रामदेव साह (तेली) सहित १८ जनासँग प्रतिस्पर्धा गर्नेछन् । 

Skip This
Skip This
Logo