नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगले शुक्रवार महामन्त्री शर्मालाई निर्वाचन आचारसंहीता उल्लंघन गरेको उजुरी परेपछि २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
आायेगले महामन्त्री शर्माबिरुद्ध आगलागी पीडितलाई पैसा वितरण गरेको पाइएको भन्दै उजुरी परेकाले स्पष्टीकरण सोधेको उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले बताए । झापा क्षेत्र नम्बर १ का उम्मेदवार विश्वप्रकाश शर्मालाई आयोगले आगलागी पीडित केवल निरौलाको घर निर्माणको लागि अमेरिकाबाट मुनिन्द्र नेम्वाङको नेतृत्वमा जम्मा भएको २ लाख ५० हजार केवल निरौला र उनको बुबालाई हस्तान्तरण गर्दै गरेको फोटो विजय दाल्मियाले आफ्नो फेसबुक वालमा शेयर तथा पोस्ट गरेकाे भनि श्रव्यदृश्य सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा गरेको होइन भन्न सकिने कुनै आधार कारण नदेखिएको भन्दै स्पष्टीकरण सोधेको जनाएको छ ।
निर्वाचन आचारसंहीता २०७९ को परिच्छेद २ को दफा ४ (न) मा कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्नेगरी कुनै कार्य गर्न नहुने उल्लेख छ । आायेगले रकम हस्तान्तरण भएको बारे के कस्तो भएको हो ? र नगद वितरण कार्य भएको हो भने निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र उपदफा (४) बमोजिम किन कारबाही गर्नु नपर्ने हो ? भनि प्रश्नसमेत सोधेको छ । आायेगले महामन्त्री शर्मालाई उम्मेदवार रहेको जिल्लाको निर्वाचन कार्यलयमा आफैँ उपस्थित भइ वा आफ्नो प्रतिनिधिमार्फत लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।
उपन्यायाधिवक्ता वाग्लेले निर्वाचन आचारसंहीता लागू भइसकेपछि निर्वाचन आचारसंहीताको परिधिभित्र रहेर निर्वाचनमा उम्मेदवार रहेकाले आचारसंहीताको पूर्ण रुपमा परिपालना गर्नुपर्ने उल्लेख गर्दै आगलागी पीडितलाई पैसा वितरण गर्नु निर्वाचन आचारसंहीता विपरित भएको बताए ।
उपन्यायाधिवक्ता वाग्लेले महामन्त्री शर्माले आयोगलाई पठाएको जवाफपछि आयोगले जवलाफको गहन विश्लेषण र अध्ययन गरी उचित कदम लिने स्पष्ट पारे । ‘आचारसंहीता लागू भइसकेको सन्दर्भमा विश्वप्रकाश शर्माले आगलागी पीडितलाई पैसा वितरण गरेको र त्यो पैसा वितरण कार्यले निर्वाचन आचारसंहीता उल्लंघन भयो भनेर आयोगमा उजुरी प्राप्त भइसकेपछि त्यही पैसा बाँडेको विषय आचारसंहीता उल्लंघन भयो र निर्वाचनको सन्दर्भमा मतदातालाई कुनैपनि गतिविधि गरेर कुनै प्रकारले प्रभावित पार्नु हुँदैन र लोभलालच देखाउनु हुँदैन भन्ने आचारसंहीताको सन्दर्भलाई लिएर आयोगको निर्णयअनुसार उहाँलाई स्पष्टीकरण सोधिएको हो । उहाँबाट कस्तो जवाफ आउँछ, उहाँलाई सोधिएको स्पष्टीकरण सोधिएको सन्दर्भमा आयोगले थप कारबाही गर्छ । २४ घण्टे स्पष्टीकरण सोधिएको छ ।’
उपन्यायाधिवक्ता वाग्लेले शुक्रवारसम्मको तथ्यांकअनसार निर्वाचन आयोगले विभिन्न राजनीतिक दलका उम्मेदवार, संघसंस्था, कार्यालय समेत गरी ४८ वटालाई स्पष्टीकरण सोधेको र त्यसमध्ये ३० वटा जवाफ आएको बताए ।





























प्रतिक्रिया