पल्सर सिरिजका २ नयाँ मोटरसाइकल सार्वजनिक, कति पर्छ नेपालमा ?

पल्सर सिरिजका २ नयाँ मोटरसाइकल सार्वजनिक, कति पर्छ नेपालमा ?

केन्द्रबिन्दु
0
Shares

हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिले पल्सर सिरिजका २ नयाँ मोडल सार्वजनिक गरेको छ । 

बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिले बिहीबार एक कार्यक्रमका विच पल्सर एन २५० र एन १६० सार्वजनिक गरेको हो । नेपाली बजारमा यी बाइकहरुको मुल्य क्रमश ४ लाख ९० हजार र ३ लाख ८० हजार रुपैयाँ निर्धारण गरिएको छ । उत्कृष्ट पावर र पर्फर्मेन्स युक्त स्पोर्टि लुक भएका यी वाइकको डिजाइन युवा पुस्तालाई लक्षित गरी गरिएको कम्पनीले जनाएको छ । 

कार्यक्रममा वोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले नेपालमा लन्च भएदेखि नै पल्सर बाइकले बाइकिङ क्षेत्रमा नयाँ मापदण्ड खडा गरेको बताए । उनले पल्सर विश्वव्यापी रुपमै सर्वाधिक रुचाइएको ब्रान्ड भएको र फेरी पनि यही सिलसिलालाई कायम राख्दै पल्सरले २ वटा बाइकहरु लन्च गरेको बताए । यसले बाइकिङ क्षेत्रको लागि फेरी नयाँ मापदण्ड खडा गर्ने उनको विश्वास छ । 

मोडर्न एरो डाइनामिक डिजाइन र शार्प युनिबडी जेस्चर भएको पल्सर एन २५० हेर्दा अत्यन्तै आकर्षक देखिन्छ । यसको स्याटन ग्रे फिनिश एग्जस्ट र चौडा टायरहरुले यसलाई झनै स्पोर्टि र स्टाइलिश लुक दिएको छ । नयाँ स्पोर्टस टेक थिममा डिजाइन गरिएको यो बाइकमा प्रयोग गरिएको नयाँ प्रिमियम मेटालीक कलरले पनि बाइकको स्कल्प्चरल प्युरिटीलाई हाइलाइट गरेको छ ।

सबैभन्दा शक्तिशाली १५० सिसी देखि लिएर एन एस २०० को पावरसम्म आउँदा पल्सर सदैव सबैभन्दा फास्टेस्ट बाइक हो । यसको २५० सिसि को डिटिएस्आइ आयल कुल्ड एनजिनले २४.५ को पिएसको पावर र २१.५ एनएमको टर्क र साथसाथै यसको सिग्नेचर १० सेकेन्ड अड्रेनलिन रश पनि दिन्छ । साथै यसको निम्बल फुटेड ह्यान्ड्लिङ र सुविधाजनक मिड रेन्जले हरेक दिनको बाइक राइड सजिलो बनाउँछ ।

पल्सर २५० कै प्ल्याटफर्म प्रयोग गरेर बनाइएको यो पल्सर एन १६० मा डुअल च्यानल एबिएस्सिस्टम प्रयोग गरिएको छ । साथै यसमा १६५ सिसि विएस६ एन्जिन, एलइडि प्रोजेक्टर हेड्ल्याम्प रहेका छन् । यस अघि कहिल्यै नभएको पावर, प्रेसिजन र कन्ट्रोल प्रदान गर्ने हिसाबले यस बाइकको डिजाइन गरिएको कम्पनीले जनाएको छ । स्पोर्टि लुक भएको र हरेक दिन चलाउन मिल्ने बाइक खोजिरहेका युवा पुस्तालाई यो बाइक मन पर्ने विश्वास गरिएको छ ।

यसमा जडान गरिएको इन्जिनले अधिकतम १६ पिएस को पावर र १४.६५ एनएमको टर्क निकाल्न सक्छ । सुधारिएको पिकअपको लागि ८५ प्रतिशतसम्म पिक टर्क उपलब्ध रहेको कम्पनीले दावी गरेको छ । यसले ४ भल्भ एन्जिन भएको पल्सर एनएस १६० सिसि भन्दा १।२ बिएचपि कम पावर निकाल्छ । यसमा ५ स्पिडको गियर बक्स छ । मोनो शक रियर सस्पेन्सन, एलइडि प्रोजेक्टर हेड ल्याम्प, अन्डर बेली एग्जस्ट सिस्टम युक्त यो बाइक ट्युबुलर फ्रेम च्यासिसमा बनाइएको छ ।

साथै यसमा पल्सर एन २५० कै जस्तै फ्यूल ट्यान्क एक्स्टेन्सन, स्प्लिट सिट, एलोइ व्हिल र टेल लाइट राखिएको छ । यसको डुअल च्यानल एबिएस भर्सन व्रुक्लिन ब्ल्याक शेडमा उपलब्ध छ। यसमा ३०० एमएम फ्रन्ट डिस्क र २३० एमएमको रियर डिस्क रहेको छ । साथै यसमा यु ईशा्बि चार्जिङ पोर्ट, १४ लिटरको फुएल ट्यान्क र गियर पोजिसन, समय, फुएल एकोनोमी र पेट्रोल खपत देखाउने डिजिटल एनालग इन्स्ट्र्यूमेन्ट पनि रहेको छ । 

Logo