‘निर्वाचन सामान्य प्रक्रिया भएपनि अहिलेको यो खास उद्देश्यका लागि हो’ -अध्यक्ष प्रचण्ड

‘निर्वाचन सामान्य प्रक्रिया भएपनि अहिलेको यो खास उद्देश्यका लागि हो’ -अध्यक्ष प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन सामान्य प्रक्रिया भए पनि यो निर्वाचन खास उद्देश्यका लागि भएको बताए । विराटनगरमा आज आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

विशेष परिस्थितिमा आन्दोलनको बीचबाट जन्मेको गठबन्धनले संविधान र लोकतन्त्रको रक्षा गर्ने भन्दै अध्यक्ष दाहालले बृहत् शान्ति सम्झौताबाट नै मुलुकमा युगान्तकारी परिवर्तन आएको र यही परिवर्तनलाई निमोठ्न खोज्ने प्रवृतिका विरुद्धमा गठबन्धन बनेको धारणा राखे ।    

शान्ति सम्झौताको निरन्तरताकै रुपमा गठबन्धन अगाडि बढेको बताउँदै अध्यक्ष दाहालले आशन्न निर्वाचनमा गठबन्धनमा उम्मेदवारलाई जिताउन कार्यकर्ता एवं नेतालाई निर्देशन दिए । गर्वका साथ एकले अर्कालाई खुशीसाथ मत खसाल्न आग्रह गर्दै उनले भने, “समृद्धि र सुशासनका लागि पनि गठबन्धनले जित्नुपर्छ ।”

Skip This
Skip This
Logo