तिहारको भाइमसलाः कसैलाई मूल्य बढेको चिन्ता, कसैलाई वास्ता नै छैन

तिहारको भाइमसलाः कसैलाई मूल्य बढेको चिन्ता, कसैलाई वास्ता नै छैन

केन्द्रबिन्दु
0
Shares

तिहार सुरु भएसँगै बजारका मसला (भाइमसला) पसलहरुमा किन्नेको घुँइचो लाग्न थालेको छ । राजधानीको पुरानो तथा व्यस्त ब्यापारिक थलो असन, इन्द्रचोकदेखि सानातिना फुटपात पसलसम्म भाइमसला किन्नेको भिड उत्तिकै बाक्लो देख्न सकिन्छ ।

तिहारमा विशेषगरी भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि काजु, किसमिस, ओखर, बदाम, चकलेट, सुपारी, नरिवल, मखनलगायतका मसाला दिने चलन रहेको छ ।

तिहारमा प्रयोग हुने भाइमसलाको मूल्य यसपालि असाध्यै बढेको मखलगल्लीमा बसेर ब्यापार गर्ने विकास गुप्ताको गुनासो छ । उनी भन्छन्, ‘यसपालि मसलाको मूल्य अतिनै महंगाे भएको छ । पिस्ता  १९ सयबाट २१ सयमा पुगेको छ । सोडाको सटेज भएको छ । नरिवल पनि डेंगुले गर्दा आएको छैन । सुपारी पनि सटेज नै भएको छ । यसपालि सामान अरुबेलाको तुलनामा महगों नै भएको छ ।’ 

तर, केही व्यापारीले बजार मुल्य बढेको बताए पनि केहीले भने त्यो मूल्य बढ्नु स्वभाविक नै  मानेका छन् । उनीहरुलाई कुनै गुनासो छैन । भाइमसलाको सामान बेच्ने अर्का व्यापारी विकि रौनह भन्छन्,‘ यसपालिको नर्मल नै छ  । केही बढेको छैन । ग्राहकहरुको प्रतिक्रिया पनि राम्रो नै छ । पहिले तिहार मनाउन आएकाहरुले पनि मूल्यको बारेमा केही गुनासो गरेका छैनन् ।’

Logo