आज पनि घट्यो सुनचाँदीको मूल्य

आज पनि घट्यो सुनचाँदीको मूल्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

साताको पहिलो दिन नेपाली बजारमा घटेको सुनको मूल्य आज पनि घटेको छ । आज २ सयले घट्दै सुन प्रतितोला ९८ हजार २०० मा कारोबार भइरहेको छ । आइतबार पनि २०० ले नै घटेको थियो । यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँ घटेर १,३१५ मा कारोबार भइरहेको छ ।

अघिल्लो हप्ता सुनचाँदीको मूल्यमा उतार चढाव आइ नै रहेको थियो । बुधबार एकै दिन ६ हजार २०० ले घट्दै प्रतितोला ९५ हजार ४०० मा कारोबार भएको सुन विहिबार २,४०० ले बढेर पुनः उकालो लागेको थियो ।

साउन २३ गते नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । त्यस दिन १ लाख ३ हजार ५०० मा कारोबार भयो । मूल्य बढ्दै गए पछि कारोबार भने घटेको छ । सुन बजार सुनसान देखिन्छ ।

Logo