आयोगले गगन थापालाई सोध्यो स्पष्टीकरण

आयोगले गगन थापालाई सोध्यो स्पष्टीकरण

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई स्पष्टीकरण सोधेको छ। 

निर्वाचन आचारसंहिताको विपरीत हुनेगरी ट्वीटरमार्फत मतदातालाई प्रभावित गर्ने कार्य देखिएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

‘फेरी पनि काठमाडौं क्षेत्र नं. ४ का बासिन्दाको निम्ति नि:शुल्क डेंगी परिक्षण तथा परामर्श सेवा लिएर तपाईंहरुको टोलमा आउँदैछौँ । साथै डेंगीको विरामी भइ घरमै बस्नु भएकाहरुका लागि आवश्यक चिकित्सकीय परामर्श पनि उपलब्ध गराउने छौँ ।’ भन्ने ब्यहोराको ट्वीट गरिएको भनि उजुरी प्राप्त भएकाले स्पष्टीकरण सोधेको आयोगले जनाएको छ।

Logo