नेपालमा पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२१ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा थप एक जनाको मृत्यु भएको छ भने ४३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
हालसम्म नेपालमा कोरोनाबाट १२ हजार १९ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । यसका साथै नेपालमा पीसीआर परीक्षण गर्दा १० लाख ४९५ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये नौ लाख ८७ हजार ७८४ जना निको भइसकेका छन् ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ६९२ रहेको छ ।





























प्रतिक्रिया