ऋषि सुनक संयुक्त अधिराज्य बेलायतको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतामा सुनक चयन भएसँगै प्रधानमन्त्री बन्ने निश्चित भएको हो ।
गत साता प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिने घोषणा गरेसँगै कन्जरभेटिभ पार्टीमा नयाँ नेता छान्नका लागि तोकिएको समयमा सुनकको मात्रै उम्मेदवारी परेको थियो । योसँगै बेलायतमा पहिलो पटक भारतीय मूलका व्यक्ति प्रधानमन्त्री बन्ने भएका छन्।
४२ वर्षीय सुनक यसअघि बोरिस जोन्सनको सरकारमा अर्थमन्त्री रहेका थिए । विभिन्न विवादमा परेका कारण जोन्सनले राजीनामा दिएपछि पार्टी नेताका लागि ट्रस र सुनकबीच प्रतिस्पर्धा भएको थियो । जसमा ट्रसले सुनकलाई पराजित गरेकी थिइन् ।































प्रतिक्रिया