जर्मनीका राष्ट्रपति किभमा

जर्मनीका राष्ट्रपति किभमा

केन्द्रबिन्दु
0
Shares

पश्चिमा राष्ट्रले युद्धबाट तहसनहस भएको युक्रेनको पुनर्निर्माणको योजना बनाइरहेका बेला जर्मनीका राष्ट्रपति युक्रेन भ्रमणमा आएका छन् । युक्रेन युद्ध समाप्त भएपछि गरिने पुनर्निर्माणको बृहत् योजनाका बारेमा पश्चिमा मुलुकबीच विचारविमर्श भइरहेको छ । 

रूसले युक्रेनमाथि आक्रमण गरेपछि राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेयरको यो पहिलो युक्रेन भ्रमण हो । युक्रेनीहरूमा एकताको सन्देश प्रवाह गर्न आफू किएभ आएको उनले बताएका छन् । क्षेप्यास्त्र र रकेट आक्रमणका बेला भएको आफ्नो भ्रमणलाई महत्वपूर्ण भएको टिप्पणी गरेका छन् । 
 
क्रेमलिनको सेनाले गरेको आठ महिनाको निरन्तरको दमनले आवासीय भवन, सार्वजनिक भवन र ऊर्जा प्रवाहका सञ्जाल ध्वस्त भएका छन् । विश्व ब्याङ्कले युक्रेनमा हालसम्म तीन खर्ब ४५ अर्ब डलर क्षति भएको अनुमान गरेको छ । गत जेठमा पोल्याण्ड तथा बाल्टिक क्षेत्रका आफ्ना समकक्षीसँग युक्रेन भ्रमणको योजनामा उनी थिए। त्यसबेला उनीमाथि रूसको समर्थन गरेको आरोप लागेको थियो । -एपी

Logo