ललितपुर -३ मा डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज

ललितपुर -३ मा डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज

केन्द्रबिन्दु
0
Shares

ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ ।

निर्वाचन आयोगको शनिबार बसेको बैठकले डा. कार्कीले सार्वजनिक लाभको पद धारण गरेको पुष्टि भएको भन्दै उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो । 

डा. कार्कीविरुद्ध नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेको भन्दै उनको उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालय, ललितपुरमा उजुरी परेको थियो ।  त्यसपछि कार्यालयले यसबारे निर्णय गर्न आयोगलाई पत्रचार गरेको थियो जसमा कार्कीलाई उम्मेदवारका लागि अयोग्य ठहर गरेको हो ।  

“…प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ को देहाय (ङ) मा भएको कानुनी व्यवस्थाबमोजिम निजको उमेदवार हुन योग्यता पूरा गरेको नदेखिएकाले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १५ को उपदफा (५) बमोजिम निज डा. कार्कीको ललितपुर निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्य पदको उमेदवारी अयोग्य हुने गरी आयोगबाट निर्णय भएको छ,” विज्ञप्तिमा भनिएको छ ।
80333104-7003-4109-84AB-DEE230B2150F1667050290.jpeg

Logo