देशभरका ५५ भन्दाबढी चुनावी सभालाई ओलीले सम्बोधन गर्ने

देशभरका ५५ भन्दाबढी चुनावी सभालाई ओलीले सम्बोधन गर्ने

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कात्तिक १८ गतेदेखि चुनावी सभामा सहभागी हुने भएका छन् ।

निर्वाचन आयोगले कात्तिक १७ देखि मात्रै ठूला आमसभा गर्न स्वीकृति दिएकोले एमालेले त्यहीअनुसार योजना चुनावी सभा गर्ने योजना बनाएको हो ।

अध्यक्ष ओलीले कात्तिक १८ गतेदेखि निर्वाचनको शून्य समयअघिसम्म ४१ जिल्लाका ५५ बढी आमसभालाई सम्बोधन गर्ने भएका छन् । दार्चुलाबाट कात्तिक १८ गते अध्यक्ष ओलीले यसपालीको चुनावी आमसभामा सम्बोधन गर्ने भएका हुन् ।

एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै छ ।

Logo