सर्वोच्चको अन्तरिम आदेश- ‘तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्नू’

सर्वोच्चको अन्तरिम आदेश- ‘तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्नू’

केन्द्रबिन्दु
3
Shares

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर -३ मा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार बनेकी डा. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न  निर्वाचन आयोगका नाममा आदेश जारी गरेको हो । इजलासले विपक्षीहरुका नाममा कारण देखाउ आदेशसमेत जारी गरेको छ । 

आयोगले नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य रहेकी डा. कार्कीले सार्वजनिक लाभको पद धारण गरेको पुष्टि भएको भन्दै उम्मेदवारी खारेज गरेको थियो । त्यसपछि उनले नियमित तलब भत्ता नलिने भएको कारण उक्त पद लाभको पद नरहेको जिकिर गर्दै आयोगको निर्णयविरुद्ध सोमबार सर्वोच्चमा रिट दायर गरेकी थिइन् । 

Logo