प्रधानमन्त्री देउवालाई व्यक्तिगत खर्चमा गृहजिल्ला जान आयोगले दियो अनुमति

प्रधानमन्त्री देउवालाई व्यक्तिगत खर्चमा गृहजिल्ला जान आयोगले दियो अनुमति

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै खर्च र स्रोत साधन प्रयोग गरेर डडेल्धुरा जान स्वीकृति दिएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालयले मंगलबार पत्र लेख्दै प्रधानमन्त्री देउवाको डडेल्धुरा भ्रमणका लागि स्वीकृति मागेपछि आज आयोगले आचारसंहिता उल्लंघन नहुनेगरी जानका लागि अनुमति दिएको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनकाे प्रचारका लागि उनी बुधबार गृहजिल्ला जान लागेका छन् । प्रधानमन्त्री देउवाले २० कात्तिकसम्म डडेल्धुरा हुने विभिन्न कार्यक्रममा सहभागीता जनाउने छन् । यसअघि उनी स्थानीय निर्वाचनको प्रचारका लागि डडेलधुरा पुगेका थिए । त्यसयता भने उनी गृहजिल्ला पुगेका छैनन् । 

Skip This
Skip This
Logo