‘समृद्धिको दिशामा फड्को मार्नु आजको आवश्यकता’ -नेता श्रेष्ठ

‘समृद्धिको दिशामा फड्को मार्नु आजको आवश्यकता’ -नेता श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशले नेपाली समाजको आवश्यक्ता, अपेक्षा र नेपालको संविधान र परिवर्तन निर्देशअनुसार गुणात्मक फड्को मार्न नसकेको बताएका छन् । 

बिहीवार काठमाडौंमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरुको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिक परिवर्तनलाई राजनीतिक परिवर्तनमा मात्रै सिमित नराखेर सामाजिक, आर्थिक रुपान्तरणको क्षेत्रमा बिस्तारित गर्ने, साामाजिक न्यायसहितको समृद्ध मुलुक बनाउने र आम जनतालाई समृद्ध बनाउनेगरी काम गर्न आवश्यक रहेको बताए । 

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आजको मुख्य कार्यभार समद्धिको दिशामा फड्को मार्नु रहेको बताए । उनले समृद्धिको पक्षमा गुणात्मक हस्तक्षेप गरेर मात्रै जनतालाई समृद्धि दिनसकिने बताए । उनले अहिलेको सत्ता गबठन्धनले आफूलाई जनतालाई सुखी र समृद्ध बनाउने कार्यभार पूरा गर्नुपर्ने बताए ।   

उनले भने, ‘राजनीतिक परिवर्तनलाई राजनीतिक परिवर्तनमा मात्रै सिमित नराखेर यसलाई सामाजिक, आर्थिक रुपान्तरणको क्षेत्रमा बिस्तारित गर्ने, साामाजिक न्यासहितको समृद्ध मुलुक बनाउने र आम जनतालाई आफ्नो काखमा, आफ्नो पोल्टामा के प्राप्त ग-यो भन्ने खोज्दा त्यसको प्रत्यक्ष अनुभुति दिएर उसको जीवन फेर्नेगरी काम गर्नुपर्ने आवश्यक्ता छ । यसबीचमा राजनीतिक परिवर्तनलाई नै हामीले जोगाउन संघर्ष गर्नुपरेको थियो भने समृद्धिको दिशामा पनि हामीले केही मात्रात्मक कामहरु गरेका छौँ, तर नेपाली समाजको आवश्यक्ता, अपेक्षा र नेपालको संविधान र परिवर्तन निर्देशअनुसार गुणात्मक फड्को मार्न सकिएको छैन । आजको मुख्य कार्यभार समद्धिको दिशामा फड्को मार्नु नै हो । हामीले गुणात्मक हस्तक्षेप त्यस दिशामा गर्नुपर्छ र जनतालाई राजनीतिक परिवर्तनबाट हाम्रो जीवन फेरिने गरी यत्ति प्राप्त भयो भनेर दिनुपर्छ । त्यसको निम्ति यो गठबन्धनले आफूलाई यो कार्यभार पूरा गर्नेगरी तयार गर्नुपर्छ । गोरखालाई यो नेतृत्व पूरा गर्ने अवसर प्राप्त छ । सम्भावना देखापरेको छ । त्यसको अर्थ धेरै मत ल्याएर आफ्ना मतदातालाई विजयी गराउनुपर्छ ।’
 
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले शान्ति प्रक्रियाको बाँकी कार्यभार पूरा गर्न बाँकी रहेको उल्लेख गर्दै राजनीतिक प्रक्रिया पूरा गरेपनि द्वन्द्वपीडितलाई न्याय दिने, राष्ट्रिय मेलमिलाप कायम गर्न ठोस भुमिका खेल्ने र दिगो शान्तिको स्थापनाको काम बाँकी रहेको बताए । 

Logo