प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, राजनीतिक दलमा नलागेको व्यक्ति राष्ट्रपति [भिडियो सहित]

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, राजनीतिक दलमा नलागेको व्यक्ति राष्ट्रपति [भिडियो सहित]

केन्द्रबिन्दु
0
Shares

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको घोषणापत्रलाई सो पार्टीले वाचापत्र भनेको छ । 

उक्त वाचापत्रमा राष्ट्रपति बन्न कुनै पनि राजनीतिमा नलागेको व्यक्ति हुनुपर्ने उल्लेख छ । कुनै पनि राजनीतिक दलमा नलागेको र राजनीतिक लाभ नलिएको १० वर्ष पूरा भएको व्यक्तिलाई राष्ट्रपति बनाउने प्रस्ताव गरिएको छ । 

राष्ट्रपति बन्न वंशज नेपाली नागरिक हुनुपर्ने उल्लेख गरिएको वाचापत्रमा लेखिएको छ, ‘कुनै पनि राजनीतिक दलमा नलागेको वा राजनीतिक लाभ नलिएको १० वर्ष पूरा भएको वंशज नेपाल नागरिक हुनुपर्ने ।’ वडाध्यक्षदेखि संघीय संसदसम्म सम्मिलित वृहत निर्वाचन मण्डलबाट राष्ट्रपति निर्वाचित हुने वाचापत्रमा लेखिएको छ । 

त्यस्तै रास्वपाले संघीय सरकार जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव अघि सारेको छ ।

साथै रास्वपाले वि.सं. २११० सालसम्म नेपालमा गरिबीको रेखामुनि रहेका नेपालीको संख्या शून्य हुने वाचा नि गरेको छ । सबै किसिमका विभेद र दलनहरुको उन्मुलन भएर कुनैपनि जाती वा समूदायलाई आरक्षणको आवश्यकता नपर्ने बताएको छ । 

Skip This
Skip This
Logo