‘दुई वर्षभित्र सुकुम्वासीहरुलाई धनिपुर्जा’ -डा. सुनिल शर्मा

‘दुई वर्षभित्र सुकुम्वासीहरुलाई धनिपुर्जा’ -डा. सुनिल शर्मा

केन्द्रबिन्दु
0
Shares

मोरङ क्षेत्र नम्बर ३ मा संयुक्त लोकतान्त्रिक बाम गठवन्धनका साझा उम्मेदवार डा. सुनिल शर्माले मंसिरपछि बन्ने गठवन्धन सरकारले आगामी २ वर्षभित्र सुकुम्वासी भुमिहिनहरुलाई पहिलो चरणको धनिपुर्जा वितरण गरिसक्ने बताएका छन् ।  

क्षेत्र नम्बर ३ को थपरेमा आयोजित कोणसभालाइ संबोधन गर्दै उम्मेदवार शर्माले आफूहरु आश्वासन दिने मात्र नभई काम गर्ने बताएका छन् । आफूले यसअघिको निर्वाचन जित्न नसकेपनि आफुले सकेजति र सक्नेजति काम गरेको भन्दै सांसद भएर संसद भवनमा गएपछि जनताले गुनासो गर्न नपाउने गरि काम गर्ने उनको भनाइ थियो । 

उम्मेदवार शर्माले यस क्षेत्रसहित देशभर गठवन्धनको जित निश्चित भइसकेका कारण मंसिरमा नयाँ सरकार बने लगत्तै जनतामाझ गरेका बाचा पूरा गर्ने सरकार, संसद र गठवन्धन आवद्ध दलहरु एक भएर लाग्ने बताए । 

Logo