सन्दीप लामिछानेको मुद्दामा थुनछेक बहस सकियो, आजै आदेश आउने

सन्दीप लामिछानेको मुद्दामा थुनछेक बहस सकियो, आजै आदेश आउने

केन्द्रबिन्दु
0
Shares

नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणी मुद्दामा थुनछेक बहस सकिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलाशमा आज सरकारी वकिलहरुले बहस गरेपछि थुनछेक बहस सकिएको हो ।  

मंगलबारदेखि सुरु भएको थुनछेक बहसमा सन्दीपको पक्षमा बिहीबार ८ जना वकिलहरूले बहस गरेका थिए। जसमा वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद सापकोटा, लवकुमार मैनाली, सबिता भण्डारी बराल र रमणकुमार श्रेष्ठ छन्। अधिवक्ता सुवास पाठक, सुधा रिजाल, प्रवीण सुवेदी र अनुराग सुवेदीले पनि बहस गरेका थिए।
  
त्यस्तै, पीडितको पक्षबाट सरकारी वकिलहरू लक्ष्मण उपाध्याय घिमिरे, कृष्णा भण्डारी, सुरूबहादुर परियार र महेश खत्रीका साथै वरिष्ठ अधिवक्ता शशि अधिकारी, अधिवक्ता सुनिता रेग्मी र शान्ति काफ्लेले बहस गरेका थिए। त्यसपछि सन्दीपको पक्षमा अधिवक्ता मुरारी सापकोटा र रोशनी घिमिरेले पनि बहस गरेका थिए।

साथै बहस सकिएपछि आजै थुनछेक आदेश जारी हुने बताइएकाे छ । गत भदौ ५ गते १७ वर्षीय किशोरीलाई होटल काठमाडौं इनमा बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । त्यसपछि क्यारेबियन लिग खेल्न जमैका गएका उनले असोज २० गते नेपाल आएर प्रहरीसमक्ष आत्मसमपर्ण गरेका थिए । 

Logo