प्रधानमन्त्री देउवा डडेल्धुरामा: आज दुई चुनावी सभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री देउवा डडेल्धुरामा: आज दुई चुनावी सभालाई सम्बोधन गर्ने

केन्द्रबिन्दु
0
Shares

चुनाव प्रचारका लागि गृह जिल्ला डडेल्धुरामा रहेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आज दुई वटा सभालाई सम्बोधन गर्दैछन् ।  

उनले आज विहान साढे ११ बजे अजयमेरु गाउँपालिका भद्रपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । आजै दिउँसो साढे २ बजे भागेश्वार गाउँपालिका रुपालमा हुने सभालाई पनि देउवाले सम्बोधन गर्नेछन् । कात्तिक १७ गतेदेखि गृहजिल्लामा रहेका प्रधानमन्त्री देउवाले हिजो नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गरेका थिए ।  

भोलिसम्म डडेल्धुरामा रहने देउवाले भोलि आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा हुने सभालाई सम्बोधन गर्ने नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ । 

Skip This
Skip This
Logo