सेमिफाइनल प्रवेश गर्ने आर्मीको सम्भावना कायमै

सेमिफाइनल प्रवेश गर्ने आर्मीको सम्भावना कायमै

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन आर्मी क्बले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा सेमिफाइनल प्रवेशको सम्भावना कायमै राखेको छ ।

समूह एको खेलमा आज गण्डकी प्रदेशलाई ६९ रनले पराजित गर्दै आर्मीले अघिल्लो चरण प्रवेशको सम्भावना कायम राखेको हो । आर्मीको ३ खेलबाट ४ अंक भएको छ । ४ खेलबाट ५ अंक भएको गण्डकी सम्भावना पनि कायम छ । गण्डकीलाई सेमिफाइनल पुग्न आफ्नो अन्तिम खेलमा आर्मी कर्णालीसँग पराजित हुनु पर्नेछ । समूह ए बाट कर्णाली र सुदूरपश्चिम प्रदेश यसअघि नै बाहिरिसकेका छन् । 

मुलपानी क्रिकेट मैदानमा आर्मीले दिएको १६६ रनको लक्ष्य पछ्याएको गण्डकी ३३ ओभर २ बलमा मात्र ९६ रनमा अलआउट भयो । ५ जनाले अंक जोड्न नसकेको गण्डकीको इनिङ्समा समीर कँडेलले सर्वाधिक ३९ रन बनाए । सुशन भारीले ९ ओभरमा मात्र १४ रन खर्चेर ५ विकेट लिए । सहाब आलम र कुशल मल्लले समान २ विकेट लिँदा विक्रम सोबको नाममा एक विकेट रह्यो । 

यसअघि पहिला ब्याटिङ गरेको आर्मीले क्याप्टेन विनोद भण्डारीको अर्धसतकको मद्दतमा ४७ ओभर ४ बलमा अलआउट हुँदै १६५ रन बनाएको थियो । भण्डारीले ५४, भीम सार्कीले ३९ र अनिल मण्डलले २६ रन बनाए । विपिन खत्रीले ४, कमल परियारले २ तथा अमृत गुरुङ, चन्द्र पौडेल र सुवास भण्डारीले समान ११ विकेट लिए ।   

Skip This
Skip This
Logo