मिसेलिन टायर ब्राण्डको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी अटोपार्टस प्रालिले उक्त ब्राण्डको नयाँ सोरुम विरगंजको बाईपास रोडमा सञ्चालनमा ल्याएको छ ।
एक कार्यक्रमका बीच कम्पनीका वरिष्ठ महाप्रबन्धक यूवराज बुढाथोकीले ‘जय मा दुर्गा टायर हाउस’ नामक यस सोरुमको उद्घाटन गरेका हुन् ।
ग्राहकवर्ग एवं रिटेलरहरुको उपस्थिति रहेको उक्त समारोहमा सोरूमका संचालक मदन प्रसाद यादवलाई विक्रेता नियुक्ति सम्बन्धि प्रमाणपत्र वितरण गरिएको थियो । साथै, सोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई एक जोडी मिसेलिन टायरको खरिदमा एउटा ज्याकेट निः शुल्क प्रदान गरिएको छ ।
यस सोरुममा कमर्सिअल (ट्रक, टिपर, बस आदि) र पेसेन्जर (इभी, एसयुभी आदि ) गाडीहरुको लागि विभिन्न मोडेलका मिसेलिन टायरहरु उपलब्ध छ । मिसेलिन ब्रान्ड विश्वको नम्बर एक टायर ब्राण्डको रुपमा परिचित छ ।





























प्रतिक्रिया