थापाकाे आरोप- ‘पौडेलले लुम्बिनी प्रदेशको राजधानी अन्यत्रै सार्ने काम गरे’

थापाकाे आरोप- ‘पौडेलले लुम्बिनी प्रदेशको राजधानी अन्यत्रै सार्ने काम गरे’

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ गठबन्धनको साथ पाएका राष्ट्रिय जनमुक्ति पार्टीका रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार केशबहादुर थापाले एमाले उपाध्यक्ष विष्णु पौडेलले लुम्बिनी प्रदेशको राजधानी  बुटवलबाट अन्यत्रै सार्ने कामको अगुवाई गरेको आरोप लगाएका छन् । 

सो क्षेत्रमा थापा र पौडेलबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । चुनावी प्रचार अभियानलाई तीब्रता दिका थापाले मंगलबार आयोजित घरदैंलो कार्यक्रममा बोल्दै पौडेलकै अगुवाईमा लुम्बिनी प्रदेशको राजधानी दाङको अन्कन्टार ठाउँमा लैजाने लैजान काम भएको बताएका हुन् ।

संविधानको रक्षा गर्न, संघीयता, गणतन्त्र र समावेशीताको रक्षा गर्न आसन्न निर्वाचनमा सत्तारुढ गठबन्धनले जित्नुपर्ने उनको भनाई थियो । 

उनले भने, ‘भूमिहीन सुकुम्बासीको बारेमा कुनै पनि सुनुवाई नहुने । हाम्रो ठाउँमा बाचा गरिएको प्रदेशको राजधानी रातारात खोसेर कुनै अनकण्टार ठाउँमा लगेर सार्ने यस्ता खालका राजनीतिक बेइमानहरुको हातमा सत्ता जाने खतरा छ । त्यसबाट हामीले आफ्नो अभिमत जोगाउनु पर्छ र, म यहाँहरुलाई भन्न चाहन्छु–हामी गठबन्धनको एउटा साझा संकल्प छ–संविधानको रक्षा गरेर देशमा आजसम्म हामीले जुन आन्दोलन ग-र्यौं । संघर्ष ग-र्यौं, क्रान्ति ग-र्यौं । बलिदानबाट जे–जे उपलब्धि प्राप्त ग-र्यौं । त्यसलाई त जोगाउनु प-यो नि । त्यो उपलब्धिलाई जोगाएर नपुगेका केही कुराहरु छन भने एउटा राष्ट्रिय सहमतीको बाटोबाट अगाडि बढनु प-यो नि । मुलुकलाई आजसम्म औद्योगिकीकरणको बाटोमा लैजान सकिएको छैन । जबसम्म औद्योगिक युगमा लैजान सकिदैन्, रोजगारी पनि सृजना हुँदैन । मुलुकलाई सबै मिलेर राष्ट्रिय सहमतीका साथ अघि बढाउने हो । त्यसका लागि आफूहरुबीच गठबन्धन गरिएको हो ।’

थापाले आफूहरुले चुनाव जितेमा रोजगारीको अवसर सृजना गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रलाई सुलभ बनाउने, औद्योगिकीकरण, वन र वातावरणको संरक्षण गर्दै मुलुकलाई समृद्ध बनाउने आश्वासन समेत दिए । 

Logo