कोका-कोलाको फिफा विश्वकप क्याम्पेन “ड्रिन्क-बिलिभ-विन” सुरू

कोका-कोलाको फिफा विश्वकप क्याम्पेन “ड्रिन्क-बिलिभ-विन” सुरू

केन्द्रबिन्दु
0
Shares

फिफा विश्वकप कपको माहोल नजिकिँदै गर्दा कोका–कोलाले आफ्ना फुटबल प्रेमी नेपाली उपभोक्ताहरूलाई लक्षित गरेर विशेष लेबल लन्च गरेको छ । “ड्रिन्क–बिलिभ–विन”नामक यस क्याम्पेनअन्तर्गत उपभोक्ताहरूले फिफा वल्र्डकप अफिसियल फुटबल, टिशर्ट, ज्याकेट जस्ता मर्कन्डाइजहरू जित्न सक्ने मौका पाउनेछन् । 

यस क्याम्पेनमा सहभागि हुनको लागि उपभोक्ताहरूले कोक बोतलको नयाँँ फिफा वल्र्डकप लेबलमा भएको क्यूआर कोड स्क्यान गरेर लेबल पछाडि भएको युनिक कोड पठाउनुपर्ने हुन्छ । त्यस्तै, कोक (स्पेस)(लेबल पछाडिको नम्बर)(स्पेस)(आफ्नो नाम)टाइप गरेर ३४९४९ मा पनि एस्एमएस् पठाउन सकिनेछ ।  

कम्पनीका अनुसार यो क्याम्पेन मंसिर २८ गतेसम्म लागु हुनेछ । यो अफर लागु नहुने बोतलहरू पनि बजारमा उपलब्ध रहेका छन् । यसको बारेमा विस्तृत शर्त तथा जानकारीहरू कम्पनीको वेबसाइट www.coca-cola.com.np गएर हेर्न सकिने बताइएको छ । 

पुरस्कार दावी गर्नको लागि आफूसँग भएको लेबल अनिवार्य रुपमा सुरक्षित राख्नुपर्ने हुन्छ । यो अफर २५० मिली, ५०० मिली, १ लिटर र २.२५ लिटरको कोका–कोला र कोका–कोलाजिरो सुगरको खरिदमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । 

Logo