तातो तेल अनुहारमा छ्याप्दा दुई घाइते

तातो तेल अनुहारमा छ्याप्दा दुई घाइते

केन्द्रबिन्दु
0
Shares

हेटौंडामा तातो तेल अनुहारमा छ्याप्दा दुई जना घाइते भएका छन् ।

हेटौडा –१३ वनस्पति स्थित कालेश्वर मन्दिरमा परम्परागत मेलामा हेटौंडा–१९ बस्तिपुर बस्ने २८ वर्षीय मोहन दोङले स्थानीय ३४ वर्षीय निर बहादुर भोलन र २७ वर्षीय सागर जिम्बालाई तातो तेल छ्यापेका थिए ।

तातो तेलले पोलेको भोलन र जिम्बा घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । दोङले सेल पकाउने तातो तेल अनुहारमा प्रहार गर्दा दुवैको अनुहार र आँखा जलेकाले उपचारको लागि हेटौडा अस्पताल लगिएको छ । तेल प्रहार गर्ने मोहन दोङ प्रहरीलाई नियन्त्रणमा लिएर जिप्रका मकवानपुरमा राखिएको छ ।

Logo