इंग्ल्यान्ड आइसिसी टि२० विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा भारतमाथि १० विकेटको जित निकाल्दै इंग्ल्यान्डले फाइनलको यात्रा तय गरेको हो ।
भारतले जितका लागि दिएको १६९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले १६ ओभरमा विना विकेटको क्षतिमा पूरा गरेको हो । इंग्ल्यान्डको जितमा ओपनरद्वय एलेक्स हेल्स र कप्तान जोस बटलरकाे ब्याटिङ सानदार रह्यो । एलेक्सले ४७ बलमा सर्वाधिक ८६ रन जोडेर अविजित रहे । बटलरले पनि ४८ बलमा ८० रन प्रहार गरे ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो । भारतका लागि हार्दिक पान्ड्याले सर्वाधिक ६३ रन बनाए । त्यस्तै, विराट कोहलीले ५० रन जोडे । रोहित शर्मा २७ रनमा आउट भए।
बलिङतर्फ इंग्ल्यान्डका क्रिस जोर्डनले ३ विकेट लिए भने आदिल राशिद र क्रिस वोक्सले एक एक विकेट लिए ।
अब इंग्ल्यान्डले आइतबार उपाधिका लागि पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । पाकिस्तानले पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाइसकेको छ ।





























प्रतिक्रिया