गृहमन्त्री बालकृष्ण खाणले सत्तारुढ गठबन्धनलाई साथ दिनु आम मतदाताको दायित्व भएको बताएका छन् । गठबन्धनले जनताको जीवनलाई बदल्ने संकल्प लिएकाले सोही गठबन्धनलाई आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आम मतदाताले साथ दिनुपर्ने उनको भनाई थियो ।
शुक्रबार भैरहवामा आयोजित नेपाल महिला संघको रुपन्देही भेलामा बोल्दै गृहमन्त्री खाणले पाँच दलीय गठबन्धन आगामी निर्वाचनमा विजयी भए मुलुकमा आर्थिक क्रान्तिको सुरुवात हुने आश्वासन समेत दिए । मुलुकमा ठूल्ठूला राजनीतिक परिवर्तन अहिले सत्तामा रहेका दलहरुको नेतृत्वमा सम्भव भएकाले मुलुकको आर्थिक क्रान्ति पनि सोही दलहरुको नेतृत्व सम्भव हुने तर्क पनि उनले गरे ।
उनले भने, ‘आज दलहरुबीच भएको सहमतीले निर्दलीय पञ्चायती व्यवस्था हिजो फालिएको थियो । दलहरुबीचको सहमतिको आधारशीलामा संविधानसभाको चुनाव सम्पन्न भयो । दलहरु बीचमा भएको सहमतीको आधारमा संविधान बनेको छ । दलहरुबीच भएको सहमतीको आधारशीलामा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । दलहरुबीचमा भएको सहमतीले नेपालमा गुरुत्व आकार लिएको छ । ठूल्ठूुला राजनीतिक परिवर्तनहरु भएका छन । त्यसकारण अहिले पाँच दलीय गठबन्धनको बीचमा भएको सहमतीले जनताको जीवनलाई बदल्न सकिनेछ भन्ने अठोट हामीले लिनु परेको छ । संकल्प गर्नु परेको छ ।’
गृहमन्त्री खाणले पाँच दलीय गठबन्धनकै नेतृत्वमा मुलुकमा गरिवी हट्ने र रोजगारीको अवसर उपलब्ध गराउन सकिने जिकीर पनि गरे ।





























प्रतिक्रिया