एनआईसी एशिया क्यापिटलको ९९९ मै लाईफटाइम डिम्याट खाता खोल्न सकिने

एनआईसी एशिया क्यापिटलको ९९९ मै लाईफटाइम डिम्याट खाता खोल्न सकिने

केन्द्रबिन्दु
0
Shares

एनआईसी एशिया क्यापिटलले लाईफटाइम डिम्याट खाता योजना सञ्चालनमा ल्याएको छ । ‘पे वान टाइम फरगेट फर लाइफटाइम’ भन्ने नाराका साथ क्यापिटलले ९९९ रुपैयाँमा लाईफटाइम डिम्याट खाता योजना सञ्चालनमा ल्याएको हो ।

क्यापिटलले न्यून शुल्कमा आफ्नो ग्राहकहरुलाई उच्च कोटिको सेवा सुविधा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ उक्त योजना ल्याएको जनाएको छ । योजना अन्तर्गत ग्राहकले एकमुष्ठ ९९९ रुपैयाँ भुक्तानी गर्दा आजीवन डिम्याट खाता संचालन गर्न मिल्ने गरि डिम्याट खाता नवीकरण हुनेछ । कुनै पनि निक्षेप सदस्यमा डिम्याट खाता खोली शेयरको कारोबार गर्ने खातावालाहरुले प्रत्यक वर्ष डिम्याट खाता नवीकरण शुल्क वापत १०० बुझाउनुपर्ने व्यवस्था रहेको छ ।

नवीकरण शुल्क भुक्तानी नगरेको अवस्थामा सम्बन्धित खातावालाको डिम्याट खाता फ्रिज भई बिक्री गरेको शेयर निर्धारित समयमा राफसाफ नभई हजारौं जरिवाना समेत भुक्तानी गर्नुपर्ने अवस्था छ । हरेक वर्ष डिम्याट खाता नविकरण शुल्क भुक्तानी गर्नुपर्ने र नवीकरण शुल्क भुक्तानी गर्ने प्रकृया निकै झन्झटिलो रहेको हुँदा यस क्यापिटलले आफ्नो ग्राहकहरुलाई न्यून शुल्कमा आजीवन डिम्याट खाता नविकरण गरिदिने व्यवस्था मिलाएको जनाएको छ ।

त्यस्तै, क्यापिटलले ल्याएको आजीवन डिम्याट खाता खोलेपछि नवीकरण गर्ने झन्झटबाट मुक्त हुन सक्नेछन् । नेपाल धितोपत्र बोर्डले आगामी दिनमा कम्पनीहरुले प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा निष्काशित शेयरको १० प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुको लागि छुट्याई बाँडफाँड गर्नुपर्ने व्यवस्था गरिसकेको छ । यस्तो व्यवस्थाले वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा जान लागेका व्यक्तिहरुलाई न्यून शुल्कमा डिम्याट खाता खोली नवीकरण गर्ने झन्झटबाट मुक्त हुन सक्नेछन् ।

योजना एनआईसी एशिया क्यापिटल तथा एनआईसी एशिया बैंक लिमिटेको सम्पूर्ण शाखा कार्यालयहरुबाट डिम्याट खाता खोली आजको मितिमा नवीकरण शुल्क भुक्तानी गर्न बाँकी नरहेका सम्पूर्ण खातावालाहरु तथा नयाँ खाता खोल्ने ग्राहकहरुले समेत लिन सक्नेछन् ।

Logo