काठमाडौँ उपत्यकामा लकडाउन शुरू, दक्षिणकाली नगरपालिकामा शनिबारबाट लागू

काठमाडौँ उपत्यकामा लकडाउन शुरू, दक्षिणकाली नगरपालिकामा शनिबारबाट लागू

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिकामा शनिबारबाट लकडाउन लागू हुने भएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण नगरस्तरीय समन्वय समितिका संयोजक एवम् नगर प्रमुखको अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । लकडाउन भोलि (शनिबार) १ बजेदेखि भदौ ८ गतेसम्म लागू हुने जनाएको छ ।

यस अवधिमा अति आवश्यक दैनिक उपभोग्य सामग्री बिक्रि वितरण गर्ने पसलहरू बिहान ९ बजेसम्म मात्रै संचालन गर्न पाइने छ ।

काठमाडौँ उपत्यकामा आज मात्रै ११९ जना संक्रमित थपिएका छन् । योसहित उपत्यकामा कुल संक्रमितको संख्या एक हजार ६ सय ९७ जना पुगको छ । जसमा काठमाडौँ एक हजार ३ ६१ जना, ललितपुरमा २२१ जना र भक्तपुरमा ११५ जना संक्रमित भएका छन् ।

 

 

Logo