राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्ती पोखरेलले आफ्नो क्षेत्रको सडक र खानेपानीको समस्या समाधान गर्न लागिपर्ने बताएकी छन् ।
आइतवार काठमाडौं- २ अन्र्तगत शंखरापुर नगरपालिकाको वडा नंं. ८ मा घरदैलोको क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले क्षेत्रको समस्या समाधानका लागि लागिपर्ने बताएकी हुन् । आफूले काठमाडौं क्षेत्र नं. २ को घरदैलोमा जाँदा सडक र खानेपानीको समस्या समाधानका लागि स्थानीयले अनुरोध गरेको भन्दै सो समस्या समाधानका लागि भुमिका खेल्ने उनले बताइन् ।
उम्मेदवार पोखरेलले संघीय सरकारसँग प्रशस्त बजेट भएपनि साे क्षेत्रमा काम गर्ने मान्छे नभएको बताइन् । उनले स्थानीयको समस्या समाधानका लागि आफू निरन्तर लागिरहने पनि प्रतिबद्धता जनाइन् ।
घरदैलोको क्रममा राप्रपालाई भोट हाल्नका लागि स्थानीय उत्साहित भएको पनि प्रतिक्रिया दिइन् । चुनावी गीत, संगीत र चुनाव चिन्ह हलोमा भोट हाल्न अपील गर्ने नाराबाजीसहित पोखरेलको घरदैलो चलेको थियो ।





























प्रतिक्रिया