प्रधानमन्त्री मोदी इन्डोनेसिया भ्रमणमा

प्रधानमन्त्री मोदी इन्डोनेसिया भ्रमणमा

केन्द्रबिन्दु
0
Shares

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेम्बर १४ मा बालीमा हुने १६औँ शिखर सम्मेलनमा भाग लिने भएका छन् । भारतले सन् २०२२ डिसेम्बर १ बाट यस समूहको अध्यक्षता ग्रहण गर्दैछ ।

‘प्रधानमन्त्रीको भ्रमण छोटो छ तर बालीमा हुने जी–२० शिखर सम्मेलनमा यहाँको भ्रमण निकै महत्वपूर्ण छ,’ इन्डोनेसियाका लागि भारतीय राजदूत मनोज कुमार भारतीले एएनआईलाई बताएका छन् ।

‘प्रधानमन्त्री नरेन्द्र मोदी १६ औँ जी२० शिखर सम्मेलनमा भाग लिनु हुने छ र  यहाँ उहाँले औपचारिक रूपमा २०२३ को लागि भारतको २०२३ अध्यक्षता लिनुहने छ’ भारतीले एएनआईलाई बताएका छन् । 

‘प्रधानमन्त्री मोदीको  जी२० मा आउनु महत्त्वपूर्ण छ किनभने भारतले इन्डोनेसियाबाट जी२० को अध्यक्षता लिन लागेको छ ।  भारतले इन्डोनेसियालाई निरन्तर सहयोग प्रदान गरेको छ, र इन्डोनेसिया सरकारले पनि भारतको सहयोगलाई मान्यता दिन्छु', उनले भनेका छन् । -एएनआई

Logo