होन्डाले नयाँ स्क्रयाम्बलर मोटरसाइकल लन्च गरेको छ । इटालीमा भएको प्रदर्शनी ईआईसीएमएमा होन्डाले ‘सीएल५००’ नामक मोटरसाइकल सार्वजनिक गरेको हो ।
सीएल मोटरसाइकलबाट प्रेरित यसमा ट्युबलर स्टिल ट्रेलिस स्टाइलको मेन फ्रेमको प्रयोग गरिएको छ । ५०० सीसी सेगमेन्टको यस मोटरसाइकलको फ्रन्टमा ४१ एमएम टेलिस्कोपिक फोर्क्स र रियरमा एड्जस्टेबल रियर शक समावेश गरिएको कम्पनीले जनाएको छ ।
यस मोटरसाइकलको फ्रन्टमा १९ इन्चको टायर र गियरमा १७ इन्चको टायर प्रयोग गरिएको छ भने सिटको उचाई ७९० एमएम छ । साथै एलईडी लाइट पनि समावेश गरिएको छ ।
कम्पनीका अनुसार नयाँ स्क्रयाम्बलर मोटरसाइकलमा ४७१ सीसीको प्यारलल ट्विन सिलिन्डर इन्जिन जडान गरिएको छ । जसले ४६ पीएसको पावर र ४३.४ एनएमको टर्क जेनेरेट गर्छ । ६ स्पिड गियरबक्स पनि असिस्ट/स्लिपर क्लचको साथमा उपलब्ध छ ।































प्रतिक्रिया