गोरखामा प्रचण्डका प्रतिस्पर्धी अब्दुसको टोलीमाथि आक्रमण, एकजना गम्भीर घाइते

गोरखामा प्रचण्डका प्रतिस्पर्धी अब्दुसको टोलीमाथि आक्रमण, एकजना गम्भीर घाइते

केन्द्रबिन्दु
0
Shares

गोरखामा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका अब्दुस मियाँको टोलीमाथि आक्रमण भएको छ ।

गएराति पाँच जनाको समूहले खाना खाने क्रममा पालुङटार नगरपालिका–७ स्थित म्याङ्गो रिसोर्टमै बियरको बोतलले आक्रमण गोरखा प्रहरी प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए । उनलाई स्थानीय स्वास्थ्य संस्थामा ७ वटा टाँका लगाएर थप उपचारका लागि काठमाडौँ लगिएको छ । आक्रमणबाट होटलको टेबुल, कुर्सि तोडफोड भएको छ । 

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ मा एमालेबाट उम्मेदवार अब्दुस मियाँको प्रचारप्रसार टोलीमाथि आक्रमण हुँदा एमाले प्रदेश सचिवालय सदस्य हरि काफ्लेको टाउकोमा गहिरो चोट लागेको छ । आक्रमणमा संलग्न ५ जना मध्य प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ भने अन्य तीन जना अझै फरार छन् ।  प्रवक्ता लामिछानेका अनुसार राम सापकोटा र अजित पन्तलाई नियन्त्रणमा लिइएको र अन्य तीन फरार छन् । रातिको घटनापछि अहिले सो क्षेत्र सम्भावित भिडन्तले तनावपूर्ण बनेको छ ।

Logo