नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफू आसन्न निर्वाचनमा विजयी भए काठमाडौंमा पानीको वैकल्पिक श्रोत पहिचान गरी पानीको समस्या समाधान गर्ने बताएका छन् ।
सोमवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले यस्तो दाबी गरेका हुन् । उनले काठमाडौंवासीलाई आसन्न निर्वाचनमा काठमाडौं जिल्लाबाट विजयी हुने उम्मेदवारहरुले पानीको वैकल्पिक श्रोतको पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताए ।
उनले भने- ‘२ नम्बर क्षेत्रको विकास निर्माणमा तिब्रता ल्याउन साथ दिनसक्ने, तपाईको माझमा बस्न, भिज्न, बोलाएको समयमा आउने माननिय चाहिएको भए ओनसरी घर्तीलाई जिताउनुस् । याे निर्वाचन क्षेत्र विकास गर्नको लागि प्रशस्त ठाउँ छ । साँखु शहरको सभ्यता, संस्कृतिलाई जगेर्ना गर्नुपर्छ । राम्रो उम्मेदवार गठबन्धनले प्रश्तुत गरेको छ, सोचेको भन्दा बढी काम गर्नुहुन्छ । यो क्षेत्रमा पनि शुद्ध खानेपानीको समस्या छ । पानीको लागि हामीले अब काठमाडौंमा जित्नेहरुले वैकल्पिक पानीको श्रोत पहिचान गरी पूरापुर सदुपयोग गर्न काम गर्नुपर्छ । हामी त्यसका काम गर्नेछौँ । हामीले प्रविधिलाई प्रयोग गरी पानी संकलन गरेर काठमाडौंभर पानी दिनसक्ने क्षमता बनाउन वैकल्पिक पानीको केन्द्रहरु अघि बढाउँछौँ ।’
नेता सिंहले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को पुरानो साँखु शहरको सभ्यता र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताए ।





























प्रतिक्रिया