पाकिस्तानविरुद्ध उच्च मनोबलका साथ खेल्छौंः कप्तान चन्द

पाकिस्तानविरुद्ध उच्च मनोबलका साथ खेल्छौंः कप्तान चन्द

केन्द्रबिन्दु
0
Shares

नेपाली फुटबल टोलीका कप्तान रोहित चन्दले नेपाल भ्रमणमा रहेको पाकिस्तानबिरुद्ध नेपाली टोली उच्च मनोबलका साथ मैदान उत्रिने बताएका छन् । 

मंगलवार आयोजित प्रि–म्याच कन्फरेन्समा चन्दले पाकिस्तान नेपाली टोलीका लागि राम्रो प्रतिष्पर्धी भएको र बुधवार हुन खेलमा नेपाली टोली सुखद् नतिजाका लागि खेल्ने बताएका हुन् । 

फिफाको प्रतिवन्ध पछि फुटबलमा फर्किएको पाकिस्तानसँग यसअघि बंगलादेशसँग भएको खेलमा निकालेको जितबाट टोलीलाई उच्च मनोबल मिलेको र सोही मनोबलका साथ खेल्ने कप्तान चन्दले बताए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा उनले आपूmले कप्तानी पाउँदा खुशी लागेको तर नेपालको लागि खेल्न पाउनु नै आफ्नो लागि ठूलो कुरा रहेकोसमेत बताए ।
 
नेपाललाई पाकिस्तानले मैत्रिपूर्ण खेलका लागि प्रस्ताव गरेको हो । नेपालले स्वीकार गरेपछि पाकिस्तान एक मैत्रीपूर्ण खेलको लागि आईतवार नेपाल आएको थियो । नेपाल र पाकिस्तानबीच ८ वर्षपछि प्रतिष्पर्धा हुन लागेको हो । आन्तरिक द्वन्द र वाह्यशक्तिको हस्तक्षेपसँगै फिफाले पाकिस्तानलाई प्रतिवन्ध गरेको थियो । 

सोही टोली पाकिस्तानबिरुद्ध नेपाल मैदान उत्रिँदा कार्यवाहाक प्रशिक्षकमा प्रवेश कटुवालले पाकिस्तानी टोलीबिरुद्ध आफ्नो टोली घरेलु मैदानमा सुखद् नतिजाका लागि खेल्ने बताए । कटुवालले पाकिस्तानका खेलाडी विदेशमा खेलिरहेको कारण व्यक्तिगत रुपमा राम्रो भएको भएपनि लामो समय एउटै टोली बनेर नखेलेको कारण टिमवर्क राम्रो नभएको र सोही अनुसार आफूले रणनीति बनाएको बताए ।

May be an image of 1 person, beard and indoor
नेपाल भ्रमण रहेको पाकिस्तानी टोलीका कप्तान हसन वासिरले नेपालबिरुद्ध राम्रो इतिहास भएको र सोही इतिहासलाई दोहोऔयाउनका लागि खेल्ने बताए । उनले पाकिस्तान टोलीलाई यसअघि पनि कठिनाई पर्दै आएको थियो । हसनले आफ्नो टोलीले अन्तिम समयमा मौका पाएर खेल्ने गरेको भन्दै व्यक्तिगत हिसावमा आफू डेनमार्कमा खेल्दै आएकोले लयमा रहेको बताए । 

दुई महिनादेखि टोलीले तयारी गरेकाले नेपाली टोलीबिरुद्ध राम्रो खेल्ने कप्तान वासिरले बताए ।
 
नेपाल र पाकिस्तानबीच हालसम्म १६ खेलमा प्रतिष्पर्धा भएको छ । नेपालले पछिल्लो पटक पाकिस्तानसँग सन् २०१८ मा खेलेको थियो । साफ च्याम्पियनसिप अन्तर्गत ढाकामा भएको खेलमा नेपाल २–१ ले पराजित भएको थियो । बुधवार हुने खेलमा पाकिस्तानले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ । त्यस्तै नेपालले पाकिस्तानलाई हराउँदै दशरथ रंगशालामा आयोजना हुन लागेको ५० औं अन्तर्राष्ट्रिय खेलमा सुखद् नतिजा निकाल्ने लक्ष्यमा हुनेछ ।

Logo