नेपालको अर्थतन्त्र सुधारका लागि नेतृत्वमा युवा आवश्यक -अर्थविद् वाग्ले

नेपालको अर्थतन्त्र सुधारका लागि नेतृत्वमा युवा आवश्यक -अर्थविद् वाग्ले

केन्द्रबिन्दु
0
Shares

अर्थविद् डा.स्वर्णिम वाग्लले नेपालको अर्थतन्त्र सुधार गर्नको लागि राजनीतिक नेतृत्वमा युवा आउनु आवश्यक रहेको बताएका छन् । 

बुधवार वागमती क्याम्पसका विद्यार्थीहरुलाई सन् २०३० सम्म नेपालको अर्थतन्त्रको मार्ग चित्रका विषयमा प्रशिक्षण दिँदै अर्थविद् डा. वाग्लले यस्तो बताएका हुन् । उनले नेपालको अर्थतन्त्रलाई  अन्तर्राष्ट्रिय मुलुकसँग प्रतिष्पर्धी बनाउनको लागि राजनीतिक निर्णय तथा नीतिहरुमा सुधार ल्याउनुपर्ने बताए । 

डा. वाग्लले मुलुकको अर्थतन्त्र सवल र चलायमान बनाउँदै माथि उठाउनको लागि राजनीतिक नेतृत्व सक्षम हुनुपर्ने बताए । नेपाल पर्यटनको हिसावले उच्च सम्भावना भएको मुलुक भएपनि आत्याधिक कम मात्रै पर्यटक आउने गरेको पनि उनले बताए । 

उनले भने- ‘नेपालको भू—बनावटले पर्यटनको ठूलो सम्भवना दिएको छ । पर्यटन ल्याउने मोडल एकदमै कम भयो । अहिले १.२ मिलियन मात्रै पर्यटक आउँछन् । लाओस् जस्तो देशमा ५ मिलियन पर्यटक आउँछन् । थाइल्याण्डमा ४० मिलियन आउँछन् । तर पर्यटकको ठूलो सम्भवना रहेको देशमा पर्यटकको सख्या एकदमै कम छन् । नेपालले पाँच वर्षमा २० लाख पर्यटक ल्याउनसक्ने र पर्यटकहरुले हेरक दिन १०० डलर खर्च गर्ने बनाउन सक्नुपर्छ । अहिले नेपालमा काठमाडौं,पोखरा र चितवन गरेर १३ दिनसम्म बस्छन् । पर्यटक बस्ने अवधि बढाएर १६ दिनसम्म बनाउनसक्यौ भने पर्यटकबाट ठूलो आम्दानी गर्न सकिन्छ । त्यसको लागि हवाई क्षेत्रमा सुधार,होटल पूर्वाधारको बिस्तार,दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ । अहिले नेपाललाई रेमिट्यान्सले धानेको छ । तर रेमिट्यान्सले नेपाललाई टाढा लाँदैन । अब विदेशी लगानी भित्र्याउनु प¥यो । त्यसैले मुलुकको अर्थतन्त्र माथि लानको लागि राजनीतिक नेतृत्वमा युवा अगाडि आउनुपर्छ ।’
 
अर्थविद् वाग्लले भारतमा बढ्दै गएको वायु प्रदूषणले नेपालका हिमालहरु पग्लिरहेको बताए । उनले लोकल ब्ल्याक कार्वनले ग्लोवल ग्रिनहाउस क्यास जस्तै असर पार्ने भएकोले हिमालहरु तातेर पग्लन थालेको बताए । 

उनले भने- ‘भारतमा भएको वायु प्रदूषणले अहिले नेपालका हिमालहरु पग्लिरहेका छन् । ब्ल्याक कार्वनले ग्लोवल ग्रिनहाउस क्यास जस्तै असर पारेको छ । ग्लोवल ग्रिनहाउस क्यास असर युरोप अमेरिकाहरुले गरे धेरै अहिले चीनले गर्दैछ । तर लोकल ब्ल्याक कार्वनले पनि असर पारिरहेको छ । इट्टा भट्टाभरुले असर पारेको छ । त्यसको साधान खोज्नुपर्ने छ । जलवायु परिवर्तनको समाधान क्षेत्रीय रुपमा समाधान गर्नुपर्छ । नेपालले आर्थिक नीतिहरु भारतसँग समन्वय भएर गरेन भने गाह्रो छ ।’
 
डा. वाग्लेले नेपालको आर्थिक नीतिहरु भारतसँग समन्वय गरेर नबनाए अर्थतन्त्रमा समस्या आउने बताए । उनले दुई देशबीचको राजनीतिक तथा कुटनीतिक सम्बन्धलाई सुधार गरेर त्यही खालको नीतिहरुमा सुधार गर्दा मात्रै सन् २०३० सम्मको नेपालको अर्थतन्त्रको मार्गचित्र माथि लैजान सकिने बताए ।

Logo