अभिनेत्री केकी अधिकारीले काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापालाई जितको शुभकामना दिएकी छन् ।
थापाको जितले सम्भावनाको ढोका खुल्ने एक राजनीतिज्ञको रुपमा उदय होस् भन्ने आफूले चाहेको भन्दै उनले थापाका लागि मत मागेकी हुन् ।
थापाको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा केकीले थापाले संसदमा असल जनप्रतिनिधिको भूमिका निर्वाह गर्दै साहस, लगनशीलता देखाएको बताएकी छन् । राष्ट्रिय चासो र चिन्ताको विषयमा पनि संसदमा थापाले आवाज उठाएको भन्दै उनले थापालाई जितको शुभकामना दिएकी छन् ।





























प्रतिक्रिया