आचारसंहिता उल्लंघन गर्ने ९ जनालाई जरिवाना

आचारसंहिता उल्लंघन गर्ने ९ जनालाई जरिवाना

केन्द्रबिन्दु
0
Shares

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आचारसिंहता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगले १२० जनालाई स्पष्टीकरण सोधेको छ । जसमध्ये ११ वटा उजुरी फर्स्यौट भइसकेका छन् भने ११० वटा उजुरी फर्स्यौट गर्न बाँकी रहेका छन् । 

आयोगले उजुरीउपर स्पष्टीकरण लिने सँगै कारबाही पनि गर्दै आएको छ । 

मंगलबारसम्म ९ जना कारबाहीमा परेका छन् । कारबाहीमा पर्ने ९ जनालाईआचारसहिंता उल्लङ्घनको प्रकृति हेरी ५ देखि २५ हजारसम्म जरिवाना तिराइएको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

आयोगले गत असोज १२ गतेदेखि निर्वाचन आचारसहिंता लागु गरेको थियो । 

Logo