सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज

सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सुनसरी, प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. ४ (२) मा लोकतान्त्रिक समाजवादी नेपाल पार्टीका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ । 

प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ खण्ड (च) बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ३ वर्ष पूरा नभएकाले निजको उम्मेदवारी अयोग्य ठहर भई खारेज गरिएको हो।

Logo