कतारमा हुने फिफा विश्वकप फुटबलकाे नेपालमा प्रत्यक्ष प्रसारण हेर्न अतिरिक्त शुल्क तिर्नु पर्ने भएको छ । विश्वकप फुटबल हेर्ने ग्राहकसँग अतिरिक्त शुल्क लिने मिडिया हब प्रालिको निर्णयविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्च अदालतले अतिरिक्त शुल्क लिन पाउने बाटो खोलिदिएको हाे ।
उक्त रिटमाथि सुनुवाइ गर्दै २२ कात्तिकमा सर्वाेच्च अदालत न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अतिरिक्त पाँच सय रुपैयाँ शुल्क उठाउने मिडिया हबको निर्णय कार्यान्वयन नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो । तर, बुधबार यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले उक्त अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिन आदेश गरेको हाे ।
मंसिर ४ गतेबाट सुरु हुन लागेको विश्वकप फुटबलको एकाधिकार पाएको मिडिया होमले हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्दैछ ।जसमा ग्राहकले थप ५०० रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था गरेकाे छ । त्यहाँबाट मिडिया हबले एक अर्ब रुपैयाँभन्दा बढी असूल गर्न खोजिएको र सो लागू नगर्न आदेश माग गर्दै अधिवक्ताहरु किशोर पौडेल, अनुपम भट्टराईले सर्वोच्चमा रिट दायर गरेका थिए ।





























प्रतिक्रिया