“बिगर स्क्रिन, बिगर ड्रिम” वर्ल्डकप स्किमसहित स्काइवर्थको क्यूएलइडी प्लस टिभि बजारमा

“बिगर स्क्रिन, बिगर ड्रिम” वर्ल्डकप स्किमसहित स्काइवर्थको क्यूएलइडी प्लस टिभि बजारमा

केन्द्रबिन्दु
0
Shares

हाइ एन्डग्लोबल टिभि ब्रान्ड र बिग स्क्रिन आर्टिफिसियल इन्टेलिजेन्स अफथिङ्स (एआइओटि) को पायोनियर स्काइवर्थले नेपालमा क्यूएलइडी प्लस गुगल टिभि ल्याएको छ।

एस्युइ ९५०० सिरिजको यो मोडल कम्पनीको लिड द फ्युचर थिमअन्तर्गत रहेको कम्पनीले जनाएको छ । स्काइवर्थको लागि नेपालको एक मात्र आधिकारिक विक्रेता केएल दुगड ग्रुप अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेजले उक्त जानकारी दिएको हो ।  

गुगल टिभिकोलेटेस्ट अपरेटिङ सिस्टमद्वारा पावर्ड भएको यो टिभिको पिक्चर क्वालिटी अत्यन्त उत्कृष्ट छ। गुगलले आफ्नो एन्ड्रोइड टिभि एक्सपिरियन्स रिफाइन गरेको हुँदा अब उपभोक्ताहरुले आफ्नो टिभि पनि पर्सनलाइज गर्न सक्नेछन् । यसमा आफ्नो भ्युइङ ह्याबिट र इन्टेरेस्ट अनुसार पर्सनलाइज्ड कन्टेन्ट र टेलर्ड रेकमेन्डेसन पाउन सकिन्छ ।  

यसको नयाँँ जेनेरसनको इको क्युएलइडि क्वान्टम डट टेक्नोलोजीले कलर प्युरिफाइ गर्ने, कलर गेमुट सुधार्ने र डिस्प्ले कलर सहि तरिकाले मिलाउने काम गर्छ।यसरी यसले १.०७ बिलियन लेभलको कलरहरु वास्तवमै रिस्टोर गर्ने दाबी गरिएको छ।

क्यूएलइडी  प्रो डुअल पिक्चर क्वालिटी इन्ह्यान्सरसहितको एउटा नयाँँ जेनेरसनको क्यूएलइडी टेलिभिजन हो। यसको उच्च गुणस्तरीय पिक्चर इन्ह्यान्सिङ एन्जिनले हरेक सुन्दर पलहरुलाई एउटा अनुभवी र पोख्त मेक–अप आर्टिस्टले जस्तै राम्रोसँग देखाउँछ।

स्काइवर्थको लेटेस्ट कमिलियन एक्स्ट्रिम २.० ले तस्बिरहरु सुक्ष्म रुपमाविश्लेषण गरेर प्रोसेस गर्छ। एस्युआइ ९५०० बिनाफ्लिकर हाइकलर गेमुट प्रयोग गर्ने पहिलो क्यूएलइडी हो जसले गर्दा तस्बिरको गुणस्तर उच्च हुनुको साथै हेर्ने मानिसको आँखालाई पनि नराम्रो असर गर्दैन । 

त्यस्तै, फिफा वल्र्डकप २०२२ लाई लक्षित गरेर कम्पनीले स्काइवर्थ बिगर स्क्रिन, बिगर ड्रिम स्किम पनिल्याएको छ। यस स्किम अन्तर्गत उपभोक्ताहरुले स्काइवर्थ ब्रान्डको टेलिभिजन खरिदमा ३३% सम्मको क्यास ब्याक प्राप्त गर्न सक्नेछन्। यो स्किम मंसिर ३० गतेसम्म लागु हुनेछ । एस्युइ ९५०० सिरिज ५५, ६५ र ७५ इन्चमा उपलब्ध छ।

Logo