ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आफ्नो पहिलो एजेण्डा आर्थिक विकास भएको बताएकी छन् ।
गठबन्धनको तर्फबाट ललितपुर क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेकी मन्त्री भुसालले आफ्नो पहिलो एजेण्डा आर्थिक विकास भएको बताएकी हुन् । बिहीवार ललितपुर क्षेत्र नं. ३ अन्तर्गत हरिसिद्धीमा घरदैलोपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले विगतमा आफूले शुरु गरेका काम पूरा गर्न र नयाँ कामको थालनी गर्नका लागि उम्मेदवार बनेको बताइन् ।
उनले भनिन्– ‘धेरै काम मैले आफ्नो कार्यक्षेत्रमा गरेको छु । केही थालेका काम पूरा गर्नुछ । केही नयाँ काम थालनी गर्नुछ । मुख्य गरेर आर्थिक विकास अब मेरो प्रथम एजेण्डा हो । त्यसलै म पाँच वर्ष त्यसमा लाग्दा मैले सक्छु । मलाई असाध्यै विश्वास छ, मैले आफ्नो एजेण्डालाई कार्यान्वयन गर्नसक्छु । तीनै तहको सरकारको सहकार्य र समन्वयबाट । सार्वजनिक, निजी क्षेत्रको समेत सहकार्यबाट हामी एउटा परिणाम निकाल्नसक्ने नमूना क्षेत्रको रुपमा अगाडी बढाउने छौँ ।’
मन्त्री भुसालले ललितपुर क्षेत्र नं. ३ बाट आफूले जित्ने माहोल बनेको बताइन् । आफूले दुई कार्यकाल गरेका कामहरु हेरेर जनताले मतदान गर्ने उनको भनाइ छ ।
उनले भनिन्– ‘माहोल सकारात्मक छ । यो अन्तिम घरदैलो हो । आज साँझ खोकनामा एउटा सभा गरेर प्रचार कार्यको समापन हुन्छ । २२ वडा जाँदा जनताको सकारात्मक रेस्पोन्स छ । मैले दुई कार्यकाल गरेका काम पनि जनताले हेर्नुभएको छ । अहिले मैले केही काम थालेका, केही नयाँ काम सम्पन्न गर्नुपर्ने छ । यो घोषणा मैले जनताको बीचमा राखेको छु । उहाँहरु सकारात्मक हुनुहुन्छ । जित्ने नै माहोल छ । हामी गठबन्धनमा छौँ । हाम्रो गठबन्धनको स्थानीय निर्वाचनको मत मात्रै गणना गर्दापनि हामी धेरै नै सजिलो गरी जित्न सक्छौँ भन्ने कुरा तथ्यांकले पनि देखाउँछ । अहिले प्रचारप्रसार, घरदैलो, हाम्रो गठबन्धनका पार्टीहरु, नेताहरुको खटाइले अझ सहज हुनेछ ।’





























प्रतिक्रिया