दाङमा हथौडा प्रहार गरी श्रीमतीको हत्या

दाङमा हथौडा प्रहार गरी श्रीमतीको हत्या

केन्द्रबिन्दु
0
Shares

दाङमा श्रीमानले हथौडा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । 

बबई गाउँपालिका १ क्यूरेनी बस्ने  ४० वर्षीय श्रीमान लालबहादुर बोटेले हथौडा प्रहार गरी श्रीमती ३४ वर्षीया खुमी बोटेको हत्या गरेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख तथा प्रहरी निरीक्षक मान बहादुर बस्नेतले जानकारी दिए ।

श्रीमान श्रीमतीको घरायसी विवाद हुँदा शुक्रबार बिहान ३ बजे तिर हथौडा प्रहार गरी श्रीमतीको हत्या गरेको बस्नेतले बताए । श्रीमान बोटेलाई इलाका प्रहरी कार्यालय खिलतपुरले नियन्त्रणमा लिएको छ । शवलाई पोष्ट मार्टमका लागि तुलसीपुर ल्याउने तयारी गरेको प्रहरीले जनाएको छ । 

Skip This
Skip This
Logo