नेपाल र यूएईबीचको खेलमा सट्टेबाजी गर्ने २० बढी पक्राउ

नेपाल र यूएईबीचको खेलमा सट्टेबाजी गर्ने २० बढी पक्राउ

केन्द्रबिन्दु
0
Shares

नेपाल र यूएईको एकदिवसीय खेलमा सट्टेबाजी गर्ने २० जनाभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

कीर्तिपुर प्रहरी वृत्तको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल हेर्ने बहानामा बेटिङ गर्नेहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरूसँग रहेको मोबाइल पनि नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको सीआईबी प्रमुख एआईजी उत्तम सुवेदीले जानकारी दिए ।

प्रहरीले गत शुक्रबार शृखंलाको पहिलो खेलमा नै शंकास्पद गतिविधिमा रहेका केही दर्शकलाई निगरानीमा राखेको थियो । सोही आधारमा अनुसन्धान अघि बढाउँदा आज केही व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहीले जनाएको छ । नेपाल र यूएईबीच गत सोमबारदेखि एकदिवसीय खेलको शृंखला सुरु भएको हो । दुई श्रंखलामा एक-एक जित निकाल्दै १-१ को बराबरीमा रहेको शृखंला शुक्रबारको खेल जित्नेले जित्नेछ ।
 

Logo