एनएमबि बैंकको ‘मान्यजन बचत खाता’ मा उच्चतम ब्याज दर

एनएमबि बैंकको ‘मान्यजन बचत खाता’ मा उच्चतम ब्याज दर

केन्द्रबिन्दु
0
Shares

एनएमबि बैंकले एनएमबि मान्यजन बचत खातामा सबैभन्दा बढी ब्याज दिने घोषणा गरेको छ। सो खाता विशेष रूपमा ज्येष्ठ नागरिकहरूको आवश्यकताहरू लाई मध्यनजर गरी बनाइएको बैंकले जनाएको छ। 

९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकहरुलाई प्राथमिकताका आधारमा सेवा तथा घरेलु बैंकिङ सुविधासमेत उपलब्ध गराउने भएको छ। 

एनएमबि बैंक विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो।

बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’उपाधीबाट सम्मानित भएको बैंक हो। एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’प्राप्त गरिसकेकको छ। 

Logo