मलेसिया एयलाइन्सको विमानमा गोली प्रहारः दोषीलाई आजिबन काराबास

मलेसिया एयलाइन्सको विमानमा गोली प्रहारः दोषीलाई आजिबन काराबास

केन्द्रबिन्दु
30
Shares

एक डच अदालतले युक्रेनमा सन् २०१४ मा मलेशिया एयरलाइन्सको उडान एमएच१७ लाई खसालेको मामिलामा तीन जनालाई आजीवन कारावासको सजाय सुनाएको छ ।

दुर्घटनाको ८ वर्षपछि अदालतले एउटा महत्वपूर्ण मुद्दामा सो फैसला गरेको हो । रुसी नागरिक इगोर गिरकिन र सर्गेई डुबिन्स्की र युक्रेनी लियोनिद खार्चेन्कोलाई जहाजमा रहेका सबै २९८ जनाको हत्या र रुसले आपूर्ति गरेको क्षेप्यास्त्र बोइङ ७७७ लाई खसालेको अभियोगमा दोषी ठहर गरेको हो । चौथो व्यक्तिले भने सफाइ पाएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अदालतको फैसलाको प्रशंसा गरे । साढे दुई वर्षको सुनुवाइको अन्त्यका लागि संसारभरबाट आएका परिवारहरूले भरिएको अदालतको कोठामा फैसला पढ्दा ःएमएच १७ पीडितका आफन्तहरूले आँसु बगाएका थिए । 

“अदालतले प्रमाणित आरोपहरूलाई यति गम्भीर भनेको छ कि उच्चतम सम्भावित जेल सजाय मात्र उपयुक्त हुनेछ,“ प्रधान न्यायाधीश हेन्ड्रिक स्टेनहुइसले भने ।

एजेन्सी

Skip This
Skip This
Logo